दुर्गा प्रसाईंका प्रतिनिधिले गृहमन्त्रीलाई भने- हाम्रा आन्दोलनका गतिविधि शान्तिपूर्ण हुनेछन्

बुधबार, कात्तिक २६, २०८२
Honor 600 pro

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का प्रतिनिधिहरूले बुधबार गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर २६ बुँदे ज्ञापन पत्र बुझाएका छन्। प्रसाईं स्वयं छलफलमा सहभागी भएनन्।

प्रसाईंक समूहले मङ्सिर ७ गतेबाट देशभर आन्दोलन गर्ने घोषणा गरेको छ ।

गृहमन्त्रीसँगको भेटमा समूहले मागहरू शान्तिपूर्ण रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले अनुसार प्रसाईं पक्षले दल दर्ता गर्ने तयारीसमेत जनाएको छ।

अभियानले नेपाललाई नेपालीले नै निर्माण गर्ने नीति, हिन्दू अधिराज्य र संवैधानिक राजसंस्थाको पुनःस्थापना, प्रदेश संरचना खारेज गरी पुरानो ५ विकास क्षेत्र र ७५ जिल्ला प्रणाली कायम गर्ने लगायतका मागहरू अघि सारेको छ।

अभियानका प्रवक्ता माधव कल्पितले सरकारले वार्ता गरेर जायज मागहरू लिखित रूपमा स्वीकृत गरे आन्दोलन स्थगन गर्न तयार रहेको बताए।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्