सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले गृह मन्त्रालयले कतिपय विषयमा के गर्दैछौँ भन्नै मिल्दैन र के गर्यौ समेत भन्न नमिल्ने अवस्था रहेको बताएका छन् ।
गृहमन्त्री अर्यालले गृह मन्त्रालयको कामको प्रकृति नै संवेदनशील हुने भएकाले कतिपय कामकारबाहीबारे बोल्नै नमिल्ने अवस्था रहेको बताएका छन् । साथै उनले गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएको बताएका हुन् ।
आज आफ्नो फेसबुकमा पोस्ट गर्दै अर्यालले लेखेका छन् - "गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्यौ समेत भन्न नमिल्ने अवस्था हुन्छ। आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु बिकल्प हुँदैन । कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ । पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत निकाससम्म डोऱ्याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ ।"