माओवादीका प्रदेश सांसदले आफ्नै मुखमा कालोमोसो दलेर गरे विरोध

शनिबार, कात्तिक २२, २०८२
honor २२ sept

जनकपुर। मधेस प्रदेश सभाको बैठक चलिरहेकै समयमा नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य रहबर अन्सारीले आफ्नै अनुहारमा कालोमोसो दलेर नाटकीय विरोध प्रदर्शन गरेका छन्।

X7D

मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने प्रयोजनका लागि डाकिएको बैठकमा बोल्दै सांसद अन्सारीले प्रदेश सभामा रहेका कुनै पनि प्रदेशसभा सदस्यहरूसँग सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको भन्दै विश्वासको मत नदिने घोषणासहित अनुहारमा कालोमोसो दलेका हुन्।

उनले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै सदस्यहरू जनताको मर्मअनुसार काम गर्न नसकेकाले यो प्रदेश सभाका सदस्यहरूले प्रदेशलाई निकास दिन नसक्ने स्पष्ट पारे। अन्सारीले भने, “आज हामी सबैले गल्ती स्वीकार गर्ने समय आएको छ, अहिलेका हामीमध्ये कोहीसँग सरकारको नेतृत्व गर्ने अधिकार छैन।”

सांसद अन्सारीले बोले लगत्तै माओवादी केन्द्रकै अर्की प्रदेशसभा सदस्य माला कर्णले पनि विश्वासको मत नदिने घोषणा गरिन्। उनले प्रदेश सरकारको निर्णयसमेत केन्द्रले नै नियन्त्रण गरिरहेकाले आफू केन्द्रको निर्णयअनुसार अगाडि बढ्न नसक्ने बताएकी छन्।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १७:०२
प्रतिक्रिया दिनुहोस्