राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान

सोमबार, कात्तिक १७, २०८२
Honor 600 pro

काठमाडौँ।  राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेका छन् ।सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा भाग लिन आज बिहान कतारको राजधानी दोहातिर प्रस्थान गरेका हुन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा यो सम्मेलनमा सहभागी हुन गएका हुन्। यो सम्मेलन कात्तिक १८ गतेदेखि २० गतेसम्म आयोजना हुँदैछ।

राष्ट्रपति पौडेललाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च सरकारी अधिकारी र सुरक्षा निकायका प्रमुखहरू पुगेका थिए।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति पौडेललाई सलामी पनि अर्पण गरेको थियो।

 

 

 

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्