अनरको प्याड 'एक्स सेभेन' नेपाली बजारमा

आइतबार, कात्तिक १६, २०८२

काठमाडौं । नेपाली बजारमा नयाँ अनर प्याड  X7 (एक्स सेभेन) लन्च भएको छ।  आधुनिक तरिकाले बनाइएको ८.७ इन्चको डिस्प्ले र सबैभन्दा पातलो डिजाइनको सुविधा भएको अनर प्याड X7 मा ४ जिबी र्याम र १२८ जिबी भण्डारण क्षमताका साथ स्न्यापड्रागन अक्टा-कोर प्रोसेसरद्वारा संचालित रहेको आधिकारिक वितरक कम्पनीले जनाएको छ।

७२०० एमएएच अतिरिक्त ठूलो ब्याट्रीसँग जोडिएको अनर प्याड X7 मा प्रयोगकर्ताहरूले चार्जिङका लागि चिन्तै नगर्नुपर्ने गरि डिजाइन गरिएको बताइएको छ।

वितरक कम्पनीका अनुसार उक्त प्याड स्लीक, स्मार्ट, र लामो समयसम्म चल्ने र विशेष गरेर विद्यार्थीका साथै  मनोरन्जन प्रेमीहरूका लागि उपयुक्त उपकरणका रूपमा हेरिएको छ। 

१९ हजार ९९९ रुपैयाँ मूल्य रहेको अनर प्याड X7 खरिद गर्दा ३९९९ रुपैयाँ पर्ने अनर च्वाइस इअर बर्ड X7e  सित्तैमा प्राप्त गर्न सकिने भएको छ। यो अफर लन्चको सुरुवाती अवधिमा मात्र रहने बताइएको छ।

थप जानकारीका लागि-

वेवसाइट: https://www.honor.com/np/
इन्स्टाग्राम: https://www.instagram.com/honor_nepal/
फेसबुक:
https://www.facebook.com/honornepall

सम्पर्क इमेल [email protected] 
सम्पर्क नमबर +977 9801150036

 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १४:३६
प्रतिक्रिया दिनुहोस्