पार्टीको महाधिवेशनलाई लिएर कांग्रेसमा फुट आउँछ भन्ने कल्पना नगरे हुन्छ: महामन्त्री शर्मा

शनिबार, कात्तिक १५, २०८२
Honor 600 pro

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनलाई लिएर देखिएको मतभेदले पार्टीमा फुट आउँछ भनेर कसैले पनि कल्पना नगर्न आग्रह गरेका छन्।

शनिबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीभित्र फरक मत विगतमा पनि रहेको, अहिले पनि रहेको र भविष्यमा पनि रहने भएकाले त्यसैको आधारमा फुटको निष्कर्ष निकाल्न नमिल्ने तर्क गरे।

महामन्त्री शर्माले महाधिवेशन कहिले गर्ने भन्ने विवादको टुङ्गो लगाउनका लागि महासमिति सदस्यहरूको सुझावलाई निर्णयको आधार बनाउन सकिने प्रस्ताव अघि सारेका छन्। केन्द्रीय समिति वा महाधिवेशन प्रतिनिधिहरूको सुझावलाई नमान्ने अवस्था आएमा यी दुवैभन्दा माथि रहेको महासमितिको सुझावको आधारमा मितिबारे टुङ्गो लगाउन उपयुक्त हुने उनको भनाइ छ। उनले देशविदेशमा रहेका महासमितिका सदस्यहरूको भावनालाई डिजिटल भोटिङ सिस्टम मार्फत लिएर महाधिवेशन पुसको १६र१७ तिर गर्ने कि बैशाखमा पुर्‍याउने भनेर राय लिन सकिने प्रस्ताव गरेका छन्।

महामन्त्री शर्माले नेपाली कांग्रेस एक परिपक्व र जिम्मेवार दल रहेको बताउँदै फरक विचारहरूलाई एक ठाउँमा राखेर मन्थन गर्नका लागि समय लगाइएको र यो समयोचित निर्णय गर्नका लागि भएको बताए। उनले विपी कोइरालाले राष्ट्रिय मेलमिलाप नीतिको समय पारेर आगामी पुस १६, १७, १८ र १९ गते महाधिवेशन गर्दा हुने प्रस्तावमा पनि आफूहरूले जोड दिएको बताए।

 उनले वर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा छलफल जारी रहेको र सबैलाई एकताबद्ध गरेर अघि बढ्नेमा विश्वास व्यक्त गरे।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १६:४५
प्रतिक्रिया दिनुहोस्