नेपाल वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट

शनिबार, कात्तिक १५, २०८२
honor २२ sept

काठमाडौँ । नेपाल वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ । खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न संस्कृति,  पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

X7D

प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा समिति गठनको निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।  कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार समितिमा क्याप्टेन कुलबहादुर लिम्बू विज्ञ सदस्य चयन भएका छन् । 

मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिवले सदस्य सचिवको काम गर्नेछन् । समितिले एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्नुपर्नेछ ।
      
खुला प्रतिस्पर्धाबाट नयाँ महाप्रबन्धक नियुक्त नभएसम्मका लागि निगमकै वरिष्ठतम् कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धक भई काम गर्नेछन् । 
      
यसैगरी निगमको सञ्चालक समिति अध्यक्षको काम अर्को व्यवस्था नभएसम्म उपाध्यक्ष विक्रम राईले गर्ने मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिएका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १३:४१
प्रतिक्रिया दिनुहोस्