डिजेल र मट्टितेलको मूल्य घट्यो,पेट्रोलको यथावत

शुक्रबार, कात्तिक १४, २०८२
honor २२ sept

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको भाउ घटाएको छ । पेट्रोलको भाउ भने यथावत् राखेको छ । 

X7D

इन्डियन आयल कर्पोरेशनले शुक्रबार नयाँ खरिद मूल्य पठाएअनुसार नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको छ । 

त्यस्तै अवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर ७ अमेरिकी डलर बढाइएको छ । 

पेट्रोलको मूल्य यथावत् गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  २१:२४
प्रतिक्रिया दिनुहोस्