अबदेखि अनलाइन न्युज दर्ता गर्न ५ हजार र नवीकरणमा २५ सय शुल्क लाग्ने

शुक्रबार, कात्तिक १४, २०८२
honor mob  winter sales

काठमाडौँ । सरकारले अनलाइन सञ्चारमाध्यमका लागि नयाँ नियम लागू गरेको छ। मन्त्रिपरिषद् बैठकले अबदेखि अनलाइन सञ्चारमाध्यमका लागि नयाँ नियम लागू गर्दै अनलाइन दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने गराएको हो ।

Honor x7 pad

मन्त्रिपरिषद् बैठकले यसअघिको छापाखाना र प्रकाशनसम्बन्धी नियमावली संशोधन गर्दै सञ्चारमाध्यमको दर्ता र नवीकरणमा शुल्क लाग्ने व्यवस्था गरेको हो ।

जसअनुसार अबदेखि अनलाइन दर्ताका लागि ५ हजार रुपैयाँ शुल्क लाग्ने आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ भने अनलाइन सञ्चारमाध्यमहरू प्रत्येक आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने र यसरी नवीकरण गर्दा प्रत्येक पटक २५ सय शुल्क लाग्ने व्यवस्था गरिएको हो।

 यसअघि जिल्ला प्रशासन कार्यालयबाट दर्ता हुँदै आएका पत्रपत्रिका लगायतलाई सूचना तथा प्रसारण विभागमार्फत दर्ता तथा नियमन हुने व्यवस्था सरकारले मिलाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्