खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्न अदालतको आदेश

बिहीबार, कात्तिक १३, २०८२
honor २२ sept

काठमाडौं  ।साइबर अपराध मुद्दामा खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने अदालतले आदेश भएको छ । काभ्रेपलान्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार धरौटी लिएर छाड्न आदेश जारी गरेको हो ।

X7D

साइबर अपराधको मुद्दामा  सुनार जिल्ला अदालत काभ्रेपलाञ्चोकमा आज बिहान उपस्थित भएका थिए। सुनारले अधिवक्ता मनीषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक संजालमा लाइभ बसेर गालीगलोज गरेको आरोपमा गौतमले साइबर ब्यूरोमा उजूरी दिएकी थिइन ।

गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएकोले ब्यूरोले उक्त मुद्दालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको थियो । अनुसन्धानका क्रममा सुनार फरार रहेकोकोले प्रहरीले फरार राखेर गत साउन २ गते अदालतमा मुद्दा पेस गरेको थियो ।

जिल्ला अदालतमा ८२ सालको श्रावणमा दोस्रो मुद्दाको रुपमा दर्ता भएको (८२ सी१–००२ नम्बर) को मुद्दा सरकारवादी फौजदारीको रुपमा दर्ता भएको थियो । त्यसको तीन दिन पछाडि साउन ५ गते पक्राउ पुर्जी जारी भएको थियो । स्थायी ठेगाना भएको प्रहरी कार्यालय दैलेखमा पक्राउ गर्न पुर्जी जारी गरिएको थियो । अदालतका श्रेस्तेदार कार्कीका अनुसार गत साउन ५ गते ७ दिन र ३५ दिन म्याद राखेर पक्राउ पुर्जी जारी गरेको थियो ।

उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धानका क्रममा समय सीमाभित्र पक्राउ गर्न नसकेपछि पक्राउबिना नै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतको अवहेलना सम्बन्धी मुद्दा भएको हुनाले अदालत आफैंले सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा उनको नाम मन्त्रीमा सिफारिस भएको थियो।मन्त्रीका लागि सपथको तयारीका बेला विभिन्न खाले मुद्दा रहेका कारण उनको नाम काटिएको थियो।

 

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १६:३५
प्रतिक्रिया दिनुहोस्