खजुरा प्याब्सन अध्यक्ष गीता 'नोजा अनर अवार्ड २०८२' बाट सम्मानित

सोमबार, कात्तिक ३, २०८२
Honor 600 pro

नेपालगन्ज । बाँकेकी गीता गोदार क्षेत्रीलाई शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानका लागि शैक्षिक अवार्डबाट सम्मानित गरिएको छ।

राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) ले प्याब्सन खजुरा गाउँपालिका अध्यक्ष गीतालाई नेसनल नोजा अनर अवार्ड २०८२ अन्तर्गत शैक्षिक अवार्डबाट सम्मानित गरेको हो।

अध्यक्ष गीतालाई समाज रुपान्तरणका लागि कैयौ वालवालीकालाई उज्वल भविश्य निर्माणका लागि अगुवाई गर्दै आर्थिक, सामाजिक उन्नतीको पथमा अग्रसर भई नेपाली समाजको विकास, समृद्धि र उन्नयनका लागि शिक्षाको माध्यमबाट पुर्याएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै हरेक बर्ष प्रदान गरिने नेशनल नोजा अवार्ड २०८२ अन्तरगत शैक्षिक अवार्डबाट सम्मान गरिएको हो। काठमाडौंको बालुवाटारमा आयोजित कार्यक्रममा गीतालाई नोजाले असोज ३१ गते उक्त अवार्डबाट सम्मानित गरेको हो।

गीता हाल खजुरास्थित एपोस्टल एकेडेमीकी संचालक तथा प्रिन्सीपल हुन् । वि.सं. २०७१ बाट संचालन भएको उक्त एपोस्टल एकेडेमी हाल कक्षा ७ सम्म संचालित छ।

 

 

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १३:४७
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह