लुटिएका हतियारहरू फिर्ता ल्याउन गृह मन्त्रालयले 'विशेष अपरेशन' सञ्चालन गर्दै

आइतबार, कात्तिक २, २०८२
Honor 600 pro

गृहमन्त्री ओमप्रकाश अर्यालले 'जेनजी आन्दोलनमा लुटिएका हतियारहरू फिर्ता ल्याउन गृह मन्त्रालयले 'विशेष अपरेशन' सञ्चालन गर्दैछ'

गर्ने जानकारी दिएका छन्। आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले निर्वाचनको तयारीसम्बन्धी रणनीतिक योजनाहरूबारे समीक्षा भएको बताए।

बैठकले निर्वाचनको वातावरण निर्माणका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई मुख्य जिम्मेवारी दिने निर्णय गरेको छ। गृहमन्त्रीका अनुसार, निर्वाचनको तयारीसँग सम्बन्धित रणनीतिक योजनाहरू सीडीओमार्फत कार्यान्वयन गरिनेछ र अब प्रमुख जिल्ला अधिकारीको पहिलो प्राथमिकता नै निर्वाचन हुनेछ।

यसैगरी, आन्दोलनको क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरूलाई फिर्ता ल्याउन सुरक्षा निकायलाई थप सक्रियताका साथ परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ। निर्वाचनको वातावरण बनाउन शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा निकायहरूको संयुक्त गस्ती (जोइन्ट पेट्रोलिङ) गर्ने कुरालाई पनि अगाडि बढाइने गृहमन्त्रीले जानकारी दिए।

गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण निर्माण गर्न राजनीतिक दलहरूले समाजमा रहेका अपराधीहरूलाई दुरुपयोग नगर्ने प्रतिवद्धता व्यक्त गर्नुपर्नेमा समेत जोड दिएका छन्।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्