मधेस प्रदेशका मुख्यमन्त्रीले दिए पदबाट राजीनामा

मंगलबार, असोज २८, २०८२
Honor 600 pro

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन् ।आज बसेको प्रदेश सभाको बैठकमा सिंहले विश्वासको मत लिने भनिएकोमा उनले मार्गप्रशस्त गर्दै राजीनामा दिएको घोषणा गरेका छन् ।

सो पश्चात सभामुख रामचन्द्र मण्डलले उनलाई राजीनामा लिखित रुपमा प्रदेश प्रमुख कार्यालयलाई बुझाउन निर्देशन दिएका थिए । 

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक विज्ञप्ति जारी गर्दै सिंहले नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार मुख्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको जानकारी दिएकी छन् । 

साथै नेपालको संविधानको धारा १६९ उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको प्रमुख प्रमुख कार्यालयको तर्फबाट निजी सचिव  शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

यो संगै अब मधेस प्रदेशमा नयाँ सरकार निर्माण गर्ने ढोका खुलेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १७:५६
प्रतिक्रिया दिनुहोस्