सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्ण बहादुर महराविरुद्ध आजदेखि थुनछेक बहस सुरु हुँदैछ।
८ करोड ५५ लाख बिगो र ३ वर्ष कैदसजाय माग दाबी गर्दी हिजो सरकारी वकिल कार्यालयले काठमाडौँले जिल्ला अदालतमा महराविरुद्ध अभियोग पत्र अदालतमा दर्ता गरेको थियो ।
वि.सं. १० पुस २०७९ मा चिनियाँ नागरिक ली हासोङ्गले भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरको पूरक अभियोगमा महरालाई मात्र प्रतिवादी कायम गरिएको छ ।
सीआईबीले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो ।