कांग्रेसको पूर्व पदाधिकारी र पदाधिकारी बैठर्क कार्यसम्पादन बैठकमा परिणत

शुक्रबार, असोज २४, २०८२
honor २२ sept

काठमाडौँ । नेपाली कांग्रेसको पूर्व पदाधिकारी र पदाधिकारी बैठर्क कार्यसम्पादनको बैठकमा परिणत भएको छ ।  उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा चलेको बैठकमा सहभागीहरूको धारणा राख्ने क्रम नसकिएपछि आज पनि निरन्तरता दिन लागिएको थियो । 

X7D

तर अचानक आज बैठकलाई कार्यसम्पादनमा परिणत गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनको विषयमा छलफल गर्नका लागि अपराह्न ४ बजे प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएसँगै उक्त बैठकका लागि कांग्रेसले विशेष योजना बनाउन बिहान ११ बजे नै बैठक डाकेको हो । 

यसअघि आजको बैठक दिउँसो १ बजेलाई डाकिएको थियो । राष्ट्रपति पौडेलले शीतलनिवासमै गर्न लागेको यो छलफललाई वर्तमान सरकारको संवैधानिक वैधता र आगामी निर्वाचनको मिति बारे प्रमुख राजनीतिक दलहरूबीच देखिएको मतभेदलाई कम गर्ने प्रयासका रूपमा लिइएको छ । 

यता कांग्रेस बैठकमा यही आइतबार बस्ने केन्द्रीय कार्यसमितिको पूर्ण बैठकका लागि एजेन्डासमेत तय हुनेछन् । पार्टीको महाधिवेशन र प्रतिनिधि सभाको निर्वाचन एवं समसामयिक विषयलाई मुख्य प्राथमिकता दिइने छ । 

यसअघि हिजोको बैठकमा सहभागी नेताहरूले मुख्यगरी जेन–जी युवा आन्दोलनपछिको राजनीतिक परिस्थिति, पार्टीका आगामी योजना र मुलुकमा देखिएका पछिल्ला घटनाक्रममा केन्द्रित भएर आफ्नो धारणा राखेका थिए । 

पार्टीलाई जीवन्त राख्न नयाँ म्यान्डेटअनुसार नयाँ नेतृत्वमा जानुपर्नेमा जोड दिइएको छ । पार्टीले जेन–जी आन्दोलनबाट उत्पन्न अवस्थालाई कसरी सम्बोधन गर्ने भन्नेबारे रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्