आज र भोलि सार्वजनिक बिदा

आइतबार, असोज १९, २०८२
Honor 600 pro

काठमाडौँ । सरकारले आज र भोलि सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको र जसका कारण आइपर्नसक्ने परिस्थितिलाई मध्यनजर गर्दै असोज १९ र २० गते सार्वजनिक बिदा निर्णय गरिएको उल्लेख छ ।

सम्भावित जोखिमका कारण जनधनको क्षति हुन सक्ने देखिएकाले सुरक्षाको दृष्टिले देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ।  दसैँ बिदापछि आइतबारदेखि कार्यालय खुल्ने तयारी रहेकै बेला दुई दिन बिदा थप गरिएको हो ।

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  ०८:१२
प्रतिक्रिया दिनुहोस्