काँग्रेस नेता गिरीले अनुगमन गरे आगजनी गरिएका नेताका निवास

शनिबार, असोज ११, २०८२

तुलसीपुर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएका नेताका घर तथा संरचनाको शनिबार अनुगमन गरेका छन् ।

Honor x5c

बिघठित प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता गिरीले तुलसीपुरस्थित नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीको रिसोर्टमा पुगेको क्षतिको अवलोकन गरेका हुन ।

पूर्व मन्त्रीसमेत रहेका नेता गिरी नेकपा एमालेका महासचिव शंकर पोख्रेलको आगजनी भएको तुलसीपुरको बिजौरीस्थित निवासका साथै घोराहीका मेयर नरुलाल चौधरीको आगजनी भएको निवासको पनि अवलोकन गर्न गएका थिए ।अनुगमनका क्रममा बिभिन्न ठाउँमा ध्वस्त पारिएका संरचना तथा आगजनी गरिएको संरचना हटाइ सकेको अवस्था थियो ।

अधिकाँसले पुर्नं निर्माणको प्रक्रिया थालनी गरेको, रंगरोगन गरिरहेको, झ्याल ढोकाहरु नयाँ फेर्दै गरेका दृष्यहरु देखिएका थिए ।

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्