अब म नेकपा माओवादी केन्द्रको अध्यक्ष रहिन: प्रचण्ड

शुक्रबार, असोज १०, २०८२
honor mob  winter sales

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीको अध्यक्ष पद त्याग गरेको घोषणा गरेका छन्।

शुक्रबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब आफू पार्टीको अध्यक्ष नरहेको बताए।

प्रचण्डले भने, 'आज केन्द्रीय समितिको बैठक सम्पन्न भयो। अब म अध्यक्ष रहिनँ, अब म महाधिवेशन आयोजक समितिको संयोजक मात्रै हो।'

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबारदेखि काठमाडौंको प्रज्ञा भवनमा जारी थियो। अध्यक्ष पद त्यागको उनको घोषणालाई पार्टीको आगामी महाधिवेशन तयारीसँग जोडिएको मानिएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १९:३८
प्रतिक्रिया दिनुहोस्