सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् ।
उनले आफ्नो समूहमा साँझ गहन छलफल गरेपछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचनाका संयोजक समेत रहेका डा। मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् ।
सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ भोलि मात्रै हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्री कार्यालयबाट मन्त्रीहरुको सिफारिस राति आइपुगेकाले आज शपथ नहुने भयो । भोलि मात्रै शपथ हुन्छ ।’