आज देशभर सार्वजनिक बिदा

बुधबार, असोज १, २०८२
Honor 600 pro

काठमाडौँ। जेन-जी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानमा सरकारले आज  देशभर सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, भदौ ३० गतेको मन्त्रिपरिषद्को निर्णयले राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भदौ २३ र २४ गते जेन(जी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकारबाट निर्णय भएको छ।”

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  ०७:१८
प्रतिक्रिया दिनुहोस्