नवनियुक्त तीन मन्त्रीले लिए शपथ

सोमबार, भदौ ३०, २०८२
honor २२ sept

काठमाडौं । नवनियुक्त तीन जना मन्त्रीहरुले शपथ लिएका छन् । आज दिउँसो  प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीलाई शपथ खुवाएका हुन्।

आजको शपथमा अन्य अतिथीहरुलाई पनि बोलाइएको छ । सरकारी निकाय र कूटनीतिक नियोगका प्रमुखहरु पनि शपथमा उपस्थित छन्। आज तीन मन्त्रीहरु अर्थमन्त्री रामेश्वर खनाल, उर्जा, भौतिक योजान र सहरी विकासमन्त्री  कुलमान घिसिङ र  गृह र कानुनमन्त्री  ओमप्रकाश अर्यालको शपथ भएको हो ।

घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १२:३८
प्रतिक्रिया दिनुहोस्