सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। सरकारका मुख्य सचिव एक नारायण अर्यालले आन्दोलनबाट अहिलेसम्म ७२ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
आज नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा मुख्यसचिव अर्यालले आन्दोलनमा मृत्यु भएकाको संख्याको जानकारी दिएका हुन् । त्यसक्रममा उनले १९१ जनाको घाइतेको उपचार भइरहेको पनि जानकारी दिएका छन् ।
मुख्य सचिव अर्यालका अनुसार आन्दोलनकारीतर्फ ५९ जना, कैदीबन्दीतर्फ १० जना र सुरक्षाकर्मीतर्फ ३ जना हालसम्मको रेकर्डअनुसार ७२ जनाको मृत्युको विवरण आएको हो।
त्यसैगरी आन्दोलनकारी १३४ र ५७ जना प्रहरी गरी १९१ जनाको उपचार भइरहेको मुख्य सचिव अर्यालले जानकारी दिएका छन् ।