सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनमा मृत्यु भएका परिवारलाई सरकारले शहीद घोषणा गर्दै प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने घोषणा गरेकी छिन् ।
आज बिहान पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले य्स निर्णयमा हस्ताक्षर गरेकी हुन् । यो जानकारी मुख्य सचिव एकनारायण अर्यालले दिएका हुन् ।
मुख्य सचिव अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका थिए।