रेशम चौधरीले छोडे नागरिक उन्मुक्ति पार्टी

आइतबार, भदौ २९, २०८२
Honor

काठमाडौं । रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) छोडेका छन् ।  नाउपाका संस्थापक तथा संरक्षक समेत रहेका रेशमले सामाजिक सञ्जालमार्फत पार्टी छोडेको घोषणा गरेका हुन् ।

नाउपा छोडे लगत्तै रेशमले अर्को नयाँ नागरिक उन्मुक्ति पार्टी, नेपालको घोषणा गरेका हुन् ।

टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर पार्टी खोलेका थिए ।

पछिल्लो समय विभिन्न राजनीतिक मुद्दाहरुमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग उनको विवाद बढिरहेको थियो । श्रेष्ठ र रेशम समूह फरक-फरक थियो ।रेशम  आफैंले स्थापना गरेको पार्टीमा अटाउन नसकेपछि छोडेको बताएका हुन् ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  ०९:५६
प्रतिक्रिया दिनुहोस्