सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं। जेन-जी आन्दोलनका क्रमम मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।प्रदर्शनकारीतर्फ प्रहरीको बल प्रयोगमा २१ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
प्रहरीका अनुसार मृतकहरुमा काठमाडौं उपत्यका र अन्य जिल्लाहरुको पनि जोडिएको छ । आन्दोलनका क्रममा तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
प्रदर्शनकारीसँग झडप हुँदा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २ जना र प्रभाग कोटेश्वरमा कार्यरत एक जनाको मृत्यु पुष्टि भएको छ ।
प्रदर्शनको क्रममा आगजनीमा परेर, प्रदर्शनमा भागदौड हुँदा र करेन्ट लागेर , जेलबाट भाग्ने क्रममा १८ जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको डीआईजी घिमिरेले जानकारी दिए ।
मृतक प्रदर्शनकारी र प्रहरीको नामावली