सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । काठमाडौंस्थ्क्त सैनिक मुख्यालय भद्रकालीमा जेन-जीबिच नै कुटाकुट भएको छ । भद्रकालीमा भेला भएका केही जेन-जीबिच आज दिउँसो आपसी विवाद हुँदा कुटाकुट भएको हो ।
सार्वजनिक भिडियोमा सुरुमा विवाद भएको देखिन्छ भने त्यसपछि एक जेन-जीमाथि निर्घात कुटपिट भएको देखिन्छ । जेन-जी आन्दोलन सफल भएपछि नयाँ सरकारको नेतृत्व कसले लिने भन्ने सवालमा जेनजीहरुबीच विवाद रहँदै आएको छ ।
धेरै समूहमा रहेका जेन-जीहरु एकअर्काले नयाँ नयाँ नाम ल्याइरहेका छन् । सोही नामका समयमा आन्तरिक विवाद बढ्दा कुटाकुटकै अवस्था आएको हो ।