जेन-जीलाई सम्हालिएर अघि बढ्न आग्रह गर्दै गगनले भने-हामीबाट भएका गल्ती, कमजोरीप्रति माफी माग्छु

बिहीबार, भदौ २६, २०८२
honor २२ sept

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुबाट भएका गल्ती कमजोरीप्रति माफी मागेका छन् । सामाजिक सञ्जालमा बिहीबार एउटा भिडियो सन्देश जारी गर्र्दै उनले आफूहरुबाट भएका गल्ती कमजोरीप्रति माफी मागेका हुन् । 

साथै नेता थापाले गल्ती, कमजोरीप्रति माफी माग्दै सुध्रने बाचासमेत गरेका छन् । उनले गल्ती कमजोरी सच्याउनेसमेत बाचा गरेका छन् ।

त्यसो भन्दै गर्दा उनले जेन–जी समूहलाई सम्हालिएर अघि बढ्न आग्रह गर्दै समस्याको छिटो समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । उनले बिग्रन दिन हुँदैन भन्दै संयमित भएर सोचिदिन आग्रह गरेका हुन् । उनले जेन–जीको आक्रोशलाई पनि आफूले राम्रोसँग बुझेको बताएका छन् । सोही आक्रोशलाई शान्त पार्न आफूले आफ्नो ठाउँबाट जति गर्न पर्ने थियो त्यति नगरेकामा माफी मागेका छन् । 

नेता थापा पार्टीभित्र र बाहिर जेन–जीहरुको मागलाई सम्बोधन गर्नुपर्ने र पार्टीले जेन–जीलाई साथमा लिएर हिँड्नु पर्ने बताउँदै आएका थिए । 

उनले भदौ २३ गते १९ जना मारिँदा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको भन्दै घटनाप्रति माफीसमेत मागेका छन् ।

नेता थापाले जेन–जीले गरेका दुई माग सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयपछि उक्त निर्णयको विरोध गरेका थिए । तर उनले गरेको मागमा केपी ओली नेतृत्वको सरकारले सुनेन । त्यस्तै जेन–जीले भ्रष्टाचारको बारेमा उठाएको विषयमा नेता थापाले संसददेखि पार्टीमा २०४६ सालदेखि विभिन्न पदमा रहेका सबैको सम्पत्ति छानबिन गरी कारबाही गर्न माग गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १३:३२
प्रतिक्रिया दिनुहोस्