जेन-जी प्रदर्शनमा नेपालगन्जका दुई युवक मारिएपछि धम्बोझी शोकमा

मंगलबार, भदौ २४, २०८२
Honor

नेपालगन्ज । काठमाडाैंमा भएकाे जेन-जी आन्दाेलनमा दुई युवाकाे निधन भएपछि नेपालगन्जकाे धम्बाेझी शाेकमा डुबेकाे छ ।
करिब दुई सय मिटरकाे फरकमा घर भएका सुलभ श्रेष्ठ र आयुष थापाकाे मृत्यु भएपछि टाेल नै शाेकमा डुबेकाे हाे ।

काठमाडाैं ईन्जिनियरिङ कलेजमा सिभिल ईन्जिनियर पढेका सुलभ र फिनल्यान्ड जाने तयारीका साथ कागजपत्र बाेकेर काठमाडाैं गएका आयुषकाे आन्दाेलनमा प्रहरीले चलाएकाे गाेली लागेर मृत्यु भएकाे हाे ।

एउटै टाेलका दुई युवाकाे मृत्यु भएपछि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बाेझीमा शाेक बिदा दिइएकाे छ ।
वडाध्यक्ष प्रमाेद रिजालले फिनल्यान्ड जान वडा कार्यालयबाट कागजपत्र बनाएर गएका आयुष र ईन्जिनियरिङ कलेजमा पढेका सुलभकाे आन्दाेलनमा मृत्यु भएपछि वडा कार्यालय आज शाेकमा बन्द गरिएकाे जानकारी दिनुभयो । उहाँका अनुसार, वडाभित्रका सबै विद्यालय पनि बन्द गरिएकाे छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्