जेन-जी प्रदर्शन: प्रचण्ड निवासमा पनि आगजनी

मंगलबार, भदौ २४, २०८२
Honor

काठमाडौँ । ललितपुरको खुमलटारस्थित नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को  निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । 

सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १०:५७
प्रतिक्रिया दिनुहोस्