सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । जेन-जी समूहले ललितपुरको हरिसिद्धी प्रहरी प्रभागमा आगजनी गरेको छ।सोमबार १९ जनाको ज्यान गएपछि जेन-जी युवाहरूको समूह आज बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् ।
आक्रोशित प्रदर्शनकारीको समूह प्रहरीको घेरा तोड्दै कार्यालयमा आगजनी गरेका छन।
त्यसैगरि जेन-जी समूहले सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी गरेको छ ।
केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् ।सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेको एक सुरक्षा अधिकृतले जानकारी दिए ।