आफू निकटका मन्त्रीलाई सरकार छाड्न शेखर कोइरालाको निर्देशन

मंगलबार, भदौ २४, २०८२
honor २२ sept

काठमाडौँ । नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले आफ्नो समूहबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री भएकाहरूलाई राजीनामा दिन निर्देशन दिएका छन् । चीन भ्रमणमा रहेका नेता कोइरालाले आफ्नो समूहबाट मन्त्री बनेका चार मन्त्रीलाई राजीनामा दिन टेलिफोनमार्फत निर्देशन दिएको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी मन्त्री छन् । 

कृषिमन्त्री अधिकारीले आफूलाई नेता डा. कोइरालाले राजीनामा दिन भनेको र राजीनामा दिने तयारीमा रहेको जानकारी दिए । ‘उहाँ ९डा। शेखर कोइराला०ले परिस्थिति असहज भयो राजीनामा दिऊँ भन्नुभयो,’ मन्त्री अधिकारीले रातोपाटीसँग भने, ‘म राजीनामा दिने तयारीमा लागेको छु ।’

अरू मन्त्रीहरूले पनि राजीनामाको तयारी गरिरहेको उनले बताए । ओली सरकारमा कांग्रेसको तर्फबाट १० मन्त्री रहेकोमा गृहमन्त्री रमेश लेखकले सोमबार नै राजीनामा दिइसकेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १०:१५
प्रतिक्रिया दिनुहोस्