सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं ।काठमाडौंका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी भएको छ। जेन- जी आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहानदेखि कर्फ्यु आदेश जारी गरेको हो।
काठमाडौं प्रशासनका अनुसार आज बिहान साढे ८ अर्को आदेश नहुनजेलसम्मका लागि काठमाडौंका विभिन्न स्थानमा कर्फ्यु लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कुन-कुन स्थानमा लगाएको छ कर्फ्यू?
त्यसैगरी ललितपुरमा कर्फ्यू आदेश जारी भएको छ। जेन- जी आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहानदेखि कर्फ्यु आदेश जारी गरेको छ ।
ललितपुर प्रशासनका अनुसार आज बिहान ७ बजेदेखि रातिको १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०८८ को दफा ६ को बमोजिम ललितपुर जिल्लाका विभिन्न स्थानमा कर्फ्यु लगाइएको हो।
जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार ललितपुर महानगरपालिका, वडा नं. २, ४, ५, १५ र २४ भित्रका क्षेत्रमा कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी कफ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।
त्यसैगरी वडा नं. ४, ५, १५ र २४ को भैंसेपाटी क्षेत्र, वडा नं. २ सानोपा स्थित इन्द्रायणी मार्ग आसपास क्षेत्र, वडा नं.१ को च्यासल क्षेत्रमा कर्फ्यु आदेश लागु हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भक्तपुरमा पनि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ।