जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु

सोमबार, भदौ २३, २०८२
Honor

काठमाडौं । आज जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो ।

त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् ।

काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  २०:०४
प्रतिक्रिया दिनुहोस्