जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु

सोमबार, भदौ २३, २०८२
Honor

काठमाडौं । प्रहरीले चलाएको गोली लागेर जेनजीको प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् । उनको परिचय खुल्न बाँकी छ । 

 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १४:१८
प्रतिक्रिया दिनुहोस्