काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी

सोमबार, भदौ २३, २०८२
Honor

काठमाडौं । काठमाडौंमा प्रशासनले कर्फ्यू लगाएको छ ।

जेनजीहरूको प्रदर्शन उग्र बन्दै बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू लगाइएको हो ।

काठमाडौं  प्रशासनले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनका अनुसार अहिले साढे १२ बजेबाट राति १० बजेसम्म कर्फ्यू लगाइएको हो ।

जेनजीहरूको प्रदर्शन उग्र बन्दै संसद भवन प्रवेश गरेपछि कर्फ्यू लगाइएको हो।

 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १२:४९
प्रतिक्रिया दिनुहोस्