सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको विरोधमा जेनजी पुस्ता सडकमा उत्रिएको छ । जेनजी पुस्ता काठमाडौँसहित मुख्य सहरहरुमा उत्रिएको हो ।
सो क्रममा काठमाडौँको माइतीघर मण्डलामा जेनजी पुस्ताले प्रदर्शन गरेको छ । सन् १९९७ देखि २०१२ भित्र जन्मेका युवाहरूको समूहलाई जेनजी पुस्ता भनिन्छ।
उनीहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत नै आह्वान गर्दै आएका छन् ।
प्रदर्शनकारीहरू माइतीघरबाट मार्चपास गर्दै बानेश्वरसम्म पुग्ने छन् । जेनजी पुस्ताको यस आन्दोलनलाई केही जनप्रतिनिधि र नेताले समेत समर्थन गरेका छन् ।
जेनजी पुस्तालाई राजनीतिकरण गर्न खोजिएको भन्दै विरोधसमेत भएको छ । यो प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट अनुमति लिइएको थियो ।
सरकारले २५ वटा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई दर्ता नभएसम्म चल्न नदिने भन्दै प्रतिबन्ध लगाएको हो ।