एमालेको विधान महाधिवेशन आज सकिँद

आइतबार, भदौ २२, २०८२
Honor 600 pro

काठमाडौँ । ललितपुरको गोदावरीमा तीन दिनदेखि चलिरहेको नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदैछ। महाधिवेशनमा विभिन्न प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले आफ्नो सुझाव पेस गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले त्यसको जवाफ दिने कार्यक्रम रहेको छ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, आज बिहान ८ बजेदेखि बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा सबै प्रदेश र भूगोलबाट प्रतिनिधित्व गर्ने समूहका नेताहरूले आफ्नो प्रस्तुति राख्नेछन्। त्यसपछि अध्यक्ष ओलीले उठेका प्रश्नहरूको जवाफ दिनेछन् र आवश्यक निर्णयहरू पारित गरेर महाधिवेशन समापन हुनेछ।

महाधिवेशनको पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव, र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए।

हिजो, दोस्रो दिन केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले आ-आफ्नो निकायको प्रतिवेदन प्रस्तुत गरेपछि १० वटा समूहमा विभाजित भएर छलफल सुरु भएको थियो।

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  १०:३२
प्रतिक्रिया दिनुहोस्