नेपाल प्रहरीको ३२ औं आईजीपीमा चन्द्रकुबेर खापुङ नियुक्त

शुक्रबार, भदौ १३, २०८२

काठमाडौँ । नेपाल प्रहरीको ३२ औं प्रहरी प्रमुखमा चन्द्रकुवेर खापु नियुक्त भएका छन।

सरकारले एआईजी खापुङलाई प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षक (आईजीपी)  नियुक्त गर्ने निर्णय गरेको हो । आजको मन्त्रिपरिषद् बैठकले एआईजी खापुङलाई भदौ १९ गते देखि लागु हुने गरी  आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रहरीको ३० वर्षे सेवा अवधि पूरा भएपछि वर्तमान आईजीपी दीपक थापा यसै महिनाको १८ गते अवकाशमा जाँदै छन् । थापा २०८१ चैत ४ मा ३१ औँ आईजीपी नियुक्त भएका थिए ।

३२ औं आईजीपी नियुक्त भएका खापुङ आईजीपीका लागि एकल दाबेदार रहेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी(का प्रमुख खापुङ २०५२ कार्तिक २७ मा इन्स्पेक्टरमा नियुक्ति लिएका थिए ।खापुङ आगामी कात्तिक २६ गते अवकाश जानेछन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १३:१९
प्रतिक्रिया दिनुहोस्