सशस्त्र प्रहरीद्वारा बर्दियाबाट ४८ लाखको इलेक्ट्रिक चुरोट बरामद

सोमबार, भदौ ९, २०८२
Honor 600 pro

बर्दिया । सशस्त्र प्रहरीले बर्दियाबाट ४८ लाख  रुपैयाँ बढीको इलेक्ट्रिक चुरोट बरामद गरेको छ।नेपालबाट भारततर्फ लैजाँदै गरेको ४८ लाख ५ हजार रुपैयाँ बराबरको चाइनीज इलेक्ट्रिक चुरोटलाई जिल्लाको सीमा नाका नजिकबाट बरामद गरिएको सशस्त्र प्रहरी नं.३१ गण बर्दियाले जानकारी दिएको छ।

सशस्त्र प्रहरी बर्दियाका अनुसार सई कमल बहादुर नेपालीको कमाण्डमा गएको टोलीले जिल्लाको मधुवन नगरपालिका-५ शक्तिपुरबाट गए राति १२ बजे उक्त रकम बराबरको चाइनीज इलेक्ट्रिक चुरोट बरामद गरेको हो।

भारततर्फ साइकलमा चाइनीज इलेक्ट्रिक चुरोट लिएर जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीलाई देख्ने बित्तिकै तस्करहरुले साइकल र इलेक्ट्रिक चुरोट छोडेर भागेको सशस्त्र प्रहरी नं.३१ गण बर्दियाले जनाएको छ।

बरामद गरिएको ९ सय २० पिस चुरोटको प्रति पिस २५ सय रहेको छ भने बरामद गरिएको चुरोट तथा ओसारपसारमा प्रयोग गरिएका साइकललाई आबश्यक कारबाहीका लागि भन्सार कार्यालय बर्दिया पठाउन लागिएको सशस्त्र प्रहरी बर्दियाले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्