सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । सरकारमा सहभागी रहेका आफ्ना दुई मन्त्रीलाई जनता समाजवादी पार्टीले फिर्ता बोलाउने भएको छ । अशोक राई नेतृत्वको जसपाको यसअघि बसेको बैठकले सो निर्णय गरेको हो ।
उक्त निर्णयबारे प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराइसकिएको जसपाले जनएको छ। बैठकले अर्का दुई जनालाई नयाँ मन्त्रीमा पठाउने निर्णय गरेको समेत उनले बताए ।
सरकारमा मन्त्री रहेका प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता बोलाउने र डा.वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाउने निर्णय भएको उनले बताए ।
सरकारमा पार्टीबाट मन्त्री भएका दुवै जना मन्त्रीले भदौ ११ गतेभित्र राजीनामा दिने र त्यसपछि नाम सिफारिस भएका दुई जना नयाँ मन्त्रीआई सरकारमा सहभागी गराउने जसपाले जानकारी दिएको छ।
जसपले १ वर्षका लागि प्रदीप र नवलकिशोर सरकारमा पठाएको थियो । उनीहरू १ वर्षभन्दा बढी सरकारमा बसिसकेका छन् ।