सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
तुलसीपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टको छिनोफानो गरि छोड्ने बताएका छन् । आज तुलसीपुरस्थित ड्रिम्स ब्याङक्वीटमा नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका कार्यसमितिले आयोजना गरेको तीज मिलन कार्यक्रमका प्रमुख अथिति गिरीले टरिगाँउ एयरपोर्टको बारेमा प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, महामन्त्री गगन थापादेखि राष्ट्रपति रामचन्द्र पौडेलसमेतलाई कुरा गरेर भएपनि एयरपोर्ट बिस्तार बारे छिट्टै छिनोफानो गरेरै छोड्ने बताए ।
आवश्यक परे कार्यक्रममा उपस्थित जस्तै सयौं दिदी बिहनीलाई एयरपोर्टमै उतारेर धर्ना दिएर भएपनि एयरपोर्ट निर्माण गरेरै छोड्ने नेता गिरीले दाबी गरे ।
‘२०११ सालमा बनेको टरिगाँउ एयरपोर्टलाई म खाल्डोमा हाल्न दिन्न,’ नेता गिरीले भने ।
तुलसीपुर – घोराही सडक खण्ड चार लेनमा बिस्तार गर्ने बारे टेन्डर आह्वान भइ सम्झौंतासमेत भइ सकेको भन्दै बिगतदेखि नै जिल्लाको बिकास निर्माणका लागि आँफु लड्दै आएको भन्दै भविश्यमा पनि आफ्नो क्षमताले भ्याएसम्म त्यो लडाइ जारी राख्ने उनले बताए ।
बिगतमा आँफुले बडो मेहनत गरेर दाङको बिकासका लागि लड्दै आएको भन्दै मतदाताको मतको बलले भविश्यमा पनि आँफु लडि रहने उनले बताएका थिए ।
फरक प्रशंगमा उनले अहिलेको युग नारीको युग भएको बताएका थिए । बिगत आठ दश बर्ष पहिले बिहर र बेदनाका गीतहरु मात्रै तीजमा दिदी बहिनीले गाउने गरेपनि अहिले आएर धेरै परिवर्तन र नारी सशक्तिकरणका गीतहरु निर्माण भइ महिला अगाडि बढी रहेको बताए ।
‘ सैंतिस बर्षीया महिला अहिले पनि इन्डोनेसियमा प्रधानमन्त्री छिन्,’उनले भने ‘नेपालमा पनि महिला प्रधानन्यायाधिस बनिसकेको हुँदा महिला हरेक क्षेत्रमा अगाडि बढ्न आवश्यक छ।’
अहिलेको युग प्रबिधिको युग भएपनि प्रबिधिको उचित प्रयोग नभए वा दुरुपयोग हुन पुगे ब्यक्तिगत जीवनपनि तहस नहस हुने खतरा औंल्याउँदै सजकताका साथ प्रबिधिको उपयोग गर्न सुझाए ।
त्यस्तै उनले युवालाई रोजागरी सृजना अति आवश्यक रहेको भन्दै त्यसले मात्रै बिदेश पलायन न्यूनिकरण गर्न सघाउ पुग्ने नेता गिरीले बताएका थिए ।
उनले युवा उच्च शिक्षा अध्यन र केही सिक्नका लागि बिदेश जानु पर्ने भएपनि आफ्नै ठाउँमा बसेर काम गरे मात्रै देश बिकास हुने जोड दिए ।
कार्यक्रममा बिशिष्ट अतिथि तथा काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरी, लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डे, जिल्ला सभापति शंकरप्रशाद डाँगी, पूर्व सांसद शंकर गिरी लगायतले महिला सशक्तकरणमा जोड दिएका थिए ।
कार्यक्रममा महिला नेतृहरु सुष्मा गिरी, देबकी नेपाली, चित्रा गिरी, बालिका लम्साल, कबिता शर्मा, बेनु अधिकारी, देबा डाँगी, कमलापति चौधरी लगाएतले तीज पर्व महिला दिदी बहिनीका लागि स्वतन्त्रता र उल्लासको पर्व भएपनि त्यसलाई देखासिकी तथा भड्किलो रुपमा मनाउन नहुने बताएका थिए ।
काँग्रेस तुलसीपुर नगरसभापति सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपसभापति बिनिल केसीको स्वागत मनतब्यबाट सुरु भएको थियो भने सहजीकरण नगर सचिव बिमल पौडेलले गरेका थिए ।
एक सय बढी युवा काँग्रेसमा पार्टी प्रेबश
कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि एक सय बढी युवा नेपाली काँग्रेसका पार्टी प्रबेश गरेका थिए । तुलसीपुर – ११ र १२ का गरि एक सय १० जना युवाहरु काँग्रेसमा पार्टी प्रबेश गरेका थिए । उनीहरुलाई काँग्रेस नेताहरुले पार्टीको साधारण सदस्यता प्रदान गरि पार्टीका स्वागत गरेका थिए ।
नेकपा एमाले परित्याग गरि तुलसीपुर – ११ कटाँका युवा गुरुप्रशाद केसीको नेतृत्वमा हेमराज बस्नेत, बासु भण्डारी, दानबहादुर केसी, सुवाश वली, जगदिश महतरा लगाएत एक सय दश जना युवाहरु काँग्रेसमा पार्टी प्रबेश गरेका हुन ।
काँग्रेस तुलसीपुर नगरले आयोजना गरेको तीज मिलन कार्यक्रममा नृत्य प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगीहरु मध्य वडा नं १३ प्रथम भइ नगद नौं हजार, दृतिय भएको वडा नं ७ ले नगद सात हजार र तृतिय भएको वडा नं ३ ले नगद पाँच हजार पुरस्कार जितेका थिए ।
त्यसैगरि नृत्य प्रतियोगितामा सहभागी जनाएका हरेक वडालाई जनही दुई हजार एक सयका दलले प्रोत्साहन स्वरुप नगद रुपैयाँ प्रदान गरिएको थियो ।
कार्यक्रममा गायकहरु प्रकाश रेग्मी, शक्तिकप चन्दले गीतहरु प्रस्तुत गर्दा महिला दिदी बहिनी र उपस्थित नेता कार्यकर्ताहरुले नाचेर साथ दिएका थिए ।
तीज मिलन कार्यक्रमा महिला दिदी बहिनीसहित काँग्रेस नेता कार्यकर्ताको उत्साजनक सहभागिता थियो । ड्रिम्स ब्याङक्वीटको हलभित्र मानिसहरु नआटउँदा ठूलो संख्यामा काँग्रेस नेता कार्यकर्ता बाहिर बसिरहेका थिए । उनीहरु बाहिरै नाच गान र रमाइलो गर्दै तीज मिलन कार्यक्रम मनाएका थिए ।
होटेल ब्यबस्थापन समितिका अनुसार बेलुकी पाँच बजेसम्म एक हजार पाँच सय जनाले दर खाइ सकेका थिए । खाने कुरा सबै रित्तिएपछि पार्टी प्यासल ब्यबस्थापनलाई दर खुवाउन हम्मे हम्मे परि रहेको देखिन्थ्यो ।