सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै आन्दोलनरत निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले आज देशभर मुख्य सडक र चोकमा स्कुल बस उतारेर नगर परिक्रमा गराउने भएको छ ।
नेपालगञ्जमा पनि आज प्याब्सन नेपालगञ्ज कार्यसमितिले प्याब्सन बाँकेको समन्वयमा वीपी चोकमा सबै स्कुल बस उतारेर नगर परिक्रमा गराउने नगर अध्यक्ष मान बहादुर थापाले बताए ।
सरकारले ल्याएको शिक्षा सम्बन्धि प्रस्तावमा आपत्ति जनाउँदै प्याब्सनले देशव्यापी आन्दोलन गरिरहेको छ । शिक्षा विधेयकमा राखिएको १५ प्रतिशत पूर्ण छात्रवृत्तिको प्रावधान हटाउनुपर्ने, विधेयकमा उल्लेख गरिएको ‘निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने’ वाक्यांश पनि हटाउनुपर्ने प्याब्सनको मुख्य माग रहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट हालै पारित प्रस्तावले निजी विद्यालयको भविष्य र स्वायत्ततालाई जोखिममा पार्ने भन्दै प्याब्सनले चरणबद्ध कार्यक्रम सार्वजनिक गरेको हो ।
प्याब्सनले आन्दोलनका क्रममा आवश्यक परे सेवा अवरुद्ध गर्ने चेतावनी समेत दिएको छ ।