'बडका अत्तवारी' पर्वमा लुम्बिनीका ६ जिल्लामा सार्वजनिक विदा

बिहीबार, भदौ ५, २०८२

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारले थारु समुदायले मनाउने 'बडका अत्तवारी पर्व' को अवसरमा सार्वजनिक विदा दिएको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज एक सूचना प्रकाशित गरी बाँके, बर्दिया, दाङ, कपिलबस्तु, रुपन्देही र नवलपरासी पश्चिम गरी ६ जिल्लामा यही भदौ ८ गते आइतबारका दिन 'बडका अत्तवारी' पर्वको अवसरमा सार्वजनिक विदा दिइएको जनाएको छ । 

प्रदेश राजपत्रको खण्ड ८, संख्या १४, मिति २०८१/१२/२१ मा प्रकाशित सूचना बमोजिम सार्वजनिक विदा दिइएको जनाइएको छ । थारु समुदायले 'बडका अत्तवारी' पर्व धुमधामका साथ मनाउँदछन् । 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  २०:५५
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह