सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
सुदूरपश्चिम । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वर्तमान सरकार जनताका पक्षमा काम गर्न क्रियाशील रहेको बताएका छन् ।
नेपाल प्रेस युनियनद्वारा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले परिवर्तनको अनुभूति दिन नसेकमा जनतामा सरकारप्रति नकारात्मक सन्देश जाने भएकाले सचेत भएर काम गरिरहेको बताए ।
वर्तमान संविधान निर्माण भएपछि राजनीतिक संयन्त्र मात्र कार्यान्वयन भइरहेको र जनताका आधारभूत आवश्यकताका क्षेत्र स्वास्थ्य, शिक्षाजस्ता विषयमा सोचेअनुसार काम नहुँदा संविधानप्रति टिकाटिप्पणी हुन थालेको उनको भनाइ छ ।
मन्त्री पौडेलले कैलालीको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अस्पताल सञ्चालन गरेर एमबीबीएस पढाइ सुरु गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
उनले भने, “गेटा मेडिकल कलेजलाई ३०० शय्या बनाइन्छ, यसका लागि २५० जनशक्तिको दरबन्दी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइ सकिएको छ ।” रासस।