राष्ट्रिय सभा बैठकमा मन्त्रीले उत्तर दिने कार्यक्रम

मंगलबार, भदौ ३, २०८२
Honor 600 pro

काठमाडौँ। राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्दैछ। आजको बैठकको कार्यसूचीमा शहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम रहेको छ।

बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले 'राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२' पेस गर्नेछिन्।

त्यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले 'सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस' भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैबीच, आज अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समिति को पनि बैठक बस्दैछ। अर्थ समितिले 'वैकल्पिक विकास वित्त परिचालन' विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्नेछ, भने कानुन, न्याय तथा मानव अधिकार समितिले 'नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१' माथि दफावार छलफल गर्नेछ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  ०७:४७
प्रतिक्रिया दिनुहोस्