मारुती नन्दन अर्डर सप्लायर्सलाई २० हजार जरिवाना

शुक्रबार, साउन ३०, २०८२

बाँके  । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ । 

Honor x7 pad

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले गरेको अनुगमनका क्रममा बिलविजक जारी नगरी कारोबार गरेको पाइएपछि त्रिभुवन चोकस्थित मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना गरिएको कार्यालय प्रमुख हरि बहादुर खत्रीले बताए ।

मारुती नन्दनलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (घ) बमोजिमको कसुर गरेको देखिएकोले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (क) बमोजिम २० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको पनि संलग्नता थियो । टोलीले विभिन्न पसल तथा बेकरी उद्योगको अनुगमन गरेको थियो । त्यसक्रममा १० हजार ५ सय बढीको अखाद्य र म्याद गुज्रेको सामान नष्ट गरिएको खत्रीले जानकारी दिए ।

साउन २५ गते बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले गुरदास फुटवेयरलाई २ लाख  रुपैयाँ जरिवाना गरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  २०:११
प्रतिक्रिया दिनुहोस्