पार्टीविरूद्ध सामाजिक सञ्जालमा कर्याकर्तालाई टीकाटिप्पणी नगर्न नेकपा एसको निर्देशन

मंगलबार, साउन २७, २०८२
Honor 600 pro

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको विधि र पद्धति विपरित टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।

पार्टी अनुशासन उल्लङ्घन हुने गरी अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालमा पोष्टसमेत नगर्न पार्टीले मंगलबार निर्देशन दिएको हो।

केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले पार्टीलाई आँच पुग्ने गरी अभिव्यक्ति नदिन र सामाजिक सञ्जालमा नलेख्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरिएको बताए।

‘पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन भइसकेको अवस्थामा पार्टीका धारणा र निर्णयहरूप्रति आफ्ना सुझाव, टिप्पणी वा फरक मतलाई आफू सङ्गठित कमिटीको बैठकमा राख्न म आग्रह गर्दछु,’ उनले भने।

पछिल्लो समय अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच आरोप प्रत्यारोप भएको थियो। 

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १२:१८
प्रतिक्रिया दिनुहोस्