सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी–व्यवसायीबाट नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण गराइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाई सुविधा र व्यवसायिक श्रीवृद्धिका लागि नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाई सेवा सञ्चालनको माग गरिएको हो ।
मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने विश्वास दिलाए । उनले नेपालगञ्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षण लगायतका काममा पनि चासो दिन आग्रह गरे ।
नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि अगुवाई गरेको नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष एवम् नेपालगञ्ज दिल्ली हवाई उडान दबाब समूहका संयोजक टंक बहादुर धामी र महासचिव एवम् दबाब समूहका सदस्य सचिव भिम रानाभाटले जनप्रतिनिधि समेतको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
यसैबीच टोलीले आजै नेपालगञ्ज दिल्ली सिधा हवाई उडानको लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्रमन्त्री डा। आरजु राणा देउबा र पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।