सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका-२० मनिकापुरस्थित गुरदास फुटवयर इण्डष्ट्रिजलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।
अनुगमनका क्रममा आज उक्त इण्डष्ट्रिजलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख हरि बहादुर खत्रीले जानकारी दिए ।
उत्पादित जुत्ता चप्पलमा कारखाना मूल्य अर्थात एमआरपी उल्लेख नगरी बजारमा विक्री वितरण गरेको देखिएपछि जरिवाना गरिएको खत्रीले बताए ।
गुरदास फुटवयरलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ड (क) बमोजिमको कसुर गरेको देखिएकोले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड 'ख' बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको हो ।