रुपन्देही-३ को उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

शुक्रबार, साउन १६, २०८२

काठमाडौँ।  रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरूलाई दल दर्ता गर्न  निर्वाचन आयोगले आह्वान गरेको छ।

Honor x5c

निर्वाचन आयोगले आज सूचना जारी गर्दै साउन २१ देखि २७ गतेसम्म आयोगको केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको छ।

उपनिर्वाचनको कार्यतालिका

आयोगले उपनिर्वाचनका लागि कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ।

उम्मेदवार मनोनयनस् असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा। सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ।

अन्तिम नामावली प्रकाशन: असोज २४ गते

मतदान: कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा

यस उपनिर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिहरू भने उम्मेदवार बन्न नपाउने आयोगले स्पष्ट पारेको छ।

 

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १२:३८
प्रतिक्रिया दिनुहोस्